शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस सहमहामन्त्रीमा यी हुन् नयाँ अनुहार

कांग्रेस सहमहामन्त्रीमा यी हुन् नयाँ अनुहार

  • मिडिया डबली
  • शुक्रवार, पौष २ २०७८

  • 4.5K
    SHARES

  • कांग्रेस सहमहामन्त्रीमा यी हुन् नयाँ अनुहार

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेपाली कांग्रेसका ८ सहमहामन्त्रीमा नयाँ अनुहार निर्वाचित भएका छन् ।

    शुक्रबार सकिएको मतगणनाबाट महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, मुस्लिम, थारु र पिछडिएको क्षेत्र गरी ८ क्षेत्रबाट १/१ जना सहमहामन्त्री विजयी भएका छन् ।

    महिला तर्फको सहमहामन्त्रीमा कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’बीच प्रतिस्पर्धा भएको थियो । चुनावमा उपाध्याय विजयी भएकी छन् ।

    दलित तर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन् । परियारले मानबहादुर विश्वकर्मालाई पराजित गरेका छन् । 

    आदिवासी जनजाति क्षेत्रतर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् । उनले विकास लामालाई चुनाव हराएका छन् ।

    खसआर्य तर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित भएका छन् । प्रतिस्पर्धी देवराज चालिसेलाई हराउँदै राठौर विजयी भएका हुन् ।

    मधेशी क्लस्टरतर्फ महेन्द्र यादव निर्वाचित भएका छन् । महेन्द्रले रामकृष्ण यादवलाई पराजित गरेका छन् ।

    मुस्लिम तर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर विजयी भएका छन् । उनले शेख वकिललाई चुनावमा पराजित गरेका छन् ।

    थारु तर्फको उमाकान्त चौधरी निर्वाचित भएका छन् । उनले सुरेन्द्रप्रसाद चौधरी र तेजुलाल चौधरीलाई चुनाव हराएका छन् ।

    पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे विजयी भएका छन् । पाण्डेले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई चुनाव हराएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend