शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

यी चर्चित नायिकाले दिइन् कांग्रेसका लोकप्रिय नेता गगन–विश्वलाई शुभकामना

यी चर्चित नायिकाले दिइन् कांग्रेसका लोकप्रिय नेता गगन–विश्वलाई शुभकामना

  • मिडिया डबली
  • शुक्रवार, पौष २ २०७८

  • 4.8K
    SHARES

  • यी चर्चित नायिकाले दिइन् कांग्रेसका लोकप्रिय नेता  गगन–विश्वलाई शुभकामना

    काठमाडौं - चर्चित नायिका केकी अधिकारीले नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई शुभकामना दिएकी छिन् ।

    नायिका अधिकारीले आफ्नो फेसबुक पेजबाट बिहीबार शुभकामना र बधाई दिएकी हुन् । ‘नेपाली कांग्रेस पार्टीको महामन्त्री जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएका दुवै दाईहरू श्री गगन थापा र श्री विश्वप्रकाश शर्मालाई हार्दिक बधाई’, उनले लेखेकी छिन् ।

    ‘देश, जनता र लोकतन्त्रप्रतिको यहाँहरूको निष्ठा अविचलित र अक्षुण रहिरहने विश्वास गरेकी छु’, नायिका अधिकारीले भनेकी छिन् । उनले भनेकी छिन्, ‘तपाईहरूले प्राप्त गर्नुभएको सफलताले आम नेपाली जनता र विशेषगरी युवापुस्ताभित्र रहेको परिवर्तनको उत्कट इच्छालाई प्रकट गरेको छभन्दा फरक नपर्ला ।’

    ‘यहाँहरूको कार्यकाल नेपालका लाखौँ युवाहरूलाई राजनीतिसँग जोड्न, सचेत हुन र समुन्नतिको बाटोमा उर्जाशील बनाउन पक्कै पनि प्रेरणादायी हुने नै छ’, अधिकारीले भनेकी छिन् ।

    ‘अझै कम उमेरमा, अझै छिटो नेतृत्वदायी भूमिकामा क्षमतावान युवाहरूलाई पुर्‍याउन बदल्नुपर्ने राजनीतिक संस्कार र परिपाटीमा यहाँहरूको सक्रिय भूमिका रहने अपेक्षा गरेकी छु’, उनले भनेकी छिन् ।

    ‘प्रिय गगन दाई, पन्ध्र वर्षपछि धुवाँधुलो रहित रमणीय काठमाडौंको सडकमा तपाई आफ्नो परिवारसँग घुम्दै गर्दा आजभन्दा बढि हर्षोल्लासका साथ नजिकबाटै ‘जय नेपाल’ भन्न पाउने दिनको प्रतीक्षा गरिरहेकी छु’, उनले भनेकी छिन् । नायिका अधिकारीले भनेकी छिन्, ‘आफ्ना वाचाहरू नभुल्नुहोला । बेलाबखत सम्झाइरहनेछु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend