काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनले साँच्चिकै नेतृत्वमा पुस्तान्तरण गर्ने देखिएको छ । सभापतिबाहेक पदाधिकारी र केन्द्रीय सदस्यमा बहुमत संख्यामा युवा पुस्ताको प्रतिनिधित्व हुने संकेत स्पष्ट देखिएको छ ।
महाधिवेशनमा प्रतिनिधिहरूले यसपटक कुनै प्यानल हेरेर भोट हालेको जस्तो देखिएन । ४० प्रतिशतभन्दा बढी युवा पुस्ताका प्रतिनिधि आएकाले पनि नेपाली कांग्रेसमा पुस्तान्तरण सम्भव देखिएको हो ।
त्यही भएकाले यसपटक मै हुँ भन्ने नेताहरू चुनावमा जानबाट डराए । जसमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, कुलबहादुर गुरुङ, नारायण खड्कालगायत छन् ।
महाधिवेशनले विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला जस्ता ६० वर्ष नाघेका नेताहरूलाई कांग्रेस राजनीतिमा विश्राम लिन सन्देश दिएको छ ।
कांग्रेस महामन्त्रीमा युवा पुस्ताकै नेताहरू उठेकाले पराजित हुनेको राजनीतिक भविष्य अझै बाँकी छ । सहमहामन्त्री र केन्द्रीय सदस्यमा उठ्नेहरूको अवस्था पनि यसै भन्न सकिने अवस्था छैन ।
३५ खुला केन्द्रीय सदस्यहरूमा डा:रामशरण महत, अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ, बलबहादुर केसीलगायतका वृद्ध नेताहरूले उम्मेदवारी दिएका छन् ।
अहिले आएको मत प्याटर्न हेर्ने हो भने यी सबै नेताको भविष्य दाउमा छ । सम्भव भएसम्म आजै नभए शनिबारदेखि केन्द्रीय सदस्यहरूको मतगणना गर्ने निर्वाचन समितिको तयारी छ ।
यसपटक खुला केन्द्रीय सदस्यमा अधिकांश युवा नेताहरूले उम्मेदवारी दिएका छन् । जसमा नेविसंघबाट राजनीति गरेर आएकाकोृ बाहुल्यता छ ।
रामहरी खतिवडा, जितजंग बस्नेत, उदयशमशेर राणा, राजीव ढुंगाना, दीपक भट्टराई, कुन्दनराज काफ्ले, अजयबाबु शिवाकोटी जस्ता युवा नेता यसपटक खुला केन्द्रीय सदस्यमा आउन सक्ने सम्भावना प्रबल छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।