काठमाडौं – नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको चुनावको मतगणना सकिएको छ ।
मतगणनाबाट महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
अन्तिम मतपरिणामअनुसार गगनकुमार थापाले ३०२३, विश्वप्रकाश शर्माले १९८४, प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत पाएका छन् ।
सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा तथा बिमलेन्द्र निधिको प्यानलबाट डा. राजाराम कार्की महामन्त्रीको दौडमा रहेका थिए ।
कांग्रेस महाधिवेशनमा हालसम्म कांग्रेस सभापति र उपसभापतिको मतपरिणाम घोषणा भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।