शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

महामन्त्री चुनाव हार्ने भएपछि मन्त्री पदबाट राजीनामा दिँदै मिनेन्द्र रिजाल

महामन्त्री चुनाव हार्ने भएपछि मन्त्री पदबाट राजीनामा दिँदै मिनेन्द्र रिजाल

  • मिडिया डबली
  • बिहिवार, पौष १ २०७८

  • 3.4K
    SHARES

  • महामन्त्री चुनाव हार्ने भएपछि मन्त्री पदबाट राजीनामा दिँदै मिनेन्द्र रिजाल

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार मिनेन्द्र रिजालको थोरै मत आएर चुनाव हार्ने देखिएको छ ।

    रक्षामन्त्री समेत रहेका रिजालले चुनावी परिणामको संकेत देखेर मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

    रिजालले भनेका छन्, ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।’

    कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् भने प्रकाशशरण महत र प्रदीप पौडेलले पछ्याइरहेका छन् । मिनेन्द्र रिजाल प्रतिस्पर्धीबीच पाँचौं नम्बरमा रहेका छन् । महामन्त्रीमा २ जना निर्वाचित हुनेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend