शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस महामन्त्रीको ताजा मतपरिणाम : कुन उम्मेदवारको कति भोट ?

कांग्रेस महामन्त्रीको ताजा मतपरिणाम : कुन उम्मेदवारको कति भोट ?

  • मिडिया डबली
  • बिहिवार, पौष १ २०७८

  • 3.8K
    SHARES

  • कांग्रेस महामन्त्रीको ताजा मतपरिणाम : कुन उम्मेदवारको कति भोट ?

    काठमाडौं – नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको चुनावको १७७५ मतगणना भएको छ ।

    महामन्त्रीको १७७५ मतगणना हुँदा गगनकुमार थापा पहिलो र विश्वप्रकाश शर्मा दोस्रो नम्बरमा रहेका छन् ।

    हेर्नुहोस् पछिल्लो परिणाम

    गगन थापा – ११८१
    विश्वप्रकाश शर्मा – ७२०

    प्रकाशशरण महत – ५९६
    प्रदीप पौडेल – ५४०

    मिनेन्द्र रिजाल – ३१०

    महामन्त्री पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भइरहेको छ । जसमध्ये २ जना विजयी हुनेछन् । 

    सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा तथा बिमलेन्द्र निधिको प्यानलबाट डा. राजाराम कार्की महामन्त्रीको दौडमा रहेका छन् ।

    कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

    कांग्रेस महाधिवेशनमा हालसम्म कांग्रेस सभापति र उपसभापतिको मतपरिणाम घोषणा भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend