काठमाडौं – नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको चुनावको ३०० मतगणना भएको छ ।
महामन्त्रीको ३०० मतगणना हुँदा गगनकुमार थापाले २००, विश्वप्रकाश शर्माले १०४, डा. मीनेन्द्र रिजालले ५५, डा. प्रकाशरण महतले ९१ , प्रदीप पौडेलले ११० र डा. राजाराम कार्कीले ५ मत ल्याएका छन् ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।
महामन्त्री पदका लागि ६ जना प्रतिष्पर्धामा भइरहेको छ । जसमध्ये २ जना विजयी हुनेछन् ।
महामन्त्रीको मैदानमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, डा. प्रकाशरण महत, डा. मीनेन्द्र रिजाल, प्रदीप पौडेल र डा. राजाराम कार्की रहेका छन् ।
हालसम्म कांग्रेस सभापति र उपसभापतिको मतपरिणाम घोषणा भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।