काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदको मतगणना बिहीबार ८ बजेदेखि गर्ने भनिएको ढिलाइ हुँदै गएको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजेसम्म पनि मतगणना सुरु भएको छैन ।
महामन्त्रीका उम्मेदवारका प्रतिनिधि नआएका कारण मतगणनामा ढिलाइ भइरहेको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस महामन्त्रीमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल र राजाराम कार्की उम्मेदवार रहेका छन्, जसमध्ये २ जना निर्वाचित हुनेछन् ।
कांग्रेस महामन्त्रीको मतगणना गर्नुअघि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरक्षा व्यवस्था कडा गरिएको छ । यसअघि कांग्रेस सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।