शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस महामन्त्रीको मतगणना आज, ६ जनामध्ये २ जना को–को आउलान् ?

कांग्रेस महामन्त्रीको मतगणना आज, ६ जनामध्ये २ जना को–को आउलान् ?

  • मिडिया डबली
  • बिहिवार, पौष १ २०७८

  • 4.8K
    SHARES

  • कांग्रेस महामन्त्रीको मतगणना आज, ६ जनामध्ये २ जना को–को आउलान् ?
    फाइल तस्वीर

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना आज बिहीबार हुँदैछ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहान ८ बजेदेखि महामन्त्री पदको मतगणना गरिने भएको छ ।

    निर्वाचित हुने २ महामन्त्री पदका लागि ६ उम्मेदवार प्रतिस्पर्धामा रहेको छन् । महामन्त्रीका लागि गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल र राजाराम कार्की प्रतिस्पर्धामा रहेका छन् ।

    कांग्रेस विधानमा कूल १६७ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ भने त्यसमध्ये १३४ जना निर्वाचन प्रक्रियामार्फत चयन हुने व्यवस्था छ । जसमध्ये १३ जना पदाधिकारी मात्रै रहेका छन् ।

    कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य तेजबहादुर रावलले पदाधिकारीको परिणाम शुक्रवारभित्र आइसक्ने तथा केन्द्रीय सदस्यको सबै परिणाम आउन कम्तिमा १ हप्ता लाग्ने बताएका छन् ।

    ‘सबै पदाधिकारीको परिणाम शुक्रवारसम्म आउने गरी गणना भइरहेको छ, केन्द्रीय सदस्यको सबै परिणाम आउन कम्तीमा १ हप्ता लाग्ला,’ निर्वाचन समितिका सदस्य रावलले भने ।

    १ जना कोषाध्यक्षसहित ३३ जना केन्द्रीय सदस्य विधानमा भएको व्यवस्थाको सदुपयोग गर्दै निर्वाचित सभापतिले पछि मनोनित गर्नेछन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend