काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनमा बुधबार उपसभापति पदको मतगणना गरिँदैछ ।
केही प्राविधिक कुरा मिलाउन मतगणनामा केही ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ ।
साँझ करीब साढे ५ बजदेखि उपसभापति पदको मतगणना सुरू गरिने कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले बताएका छन् । उनका अनुसार मतगणनाको सम्पूर्ण तयारी भइसकेको छ ।
निर्वाचन समितिका अनुसार बुधबार उपसभापति पदको मात्रै मतगणना गरिने भएको छ । महामन्त्री पदको मतगणना भोलि बिहीबार गरिनेछ ।
कांग्रेस पदाधिकारीको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुँदैछ । मतपेटिकाहरु यसअघि नै पार्टी मुख्यालय सानेपा पुर्याइएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।