काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको छिनोफानो भएर प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् ।
सभापतिपछि सर्वाधिक चासोको पद महामन्त्री रहेको छ । महामन्त्रीमा चर्चित युवाहरूबीच भिडन्त भएकाले सबैको चासो छ । महामन्त्री पदमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, प्रकाशशरण महत, मिनेन्द्र रिजाल प्रतिस्पर्धी रहेका छन् ।
तर निर्वाचन समितिले महामन्त्रीको मतगणना तत्कालै नगर्ने भएको छ । तत्कालै उपसभापति पदको छिनोफानो गरेर मात्रै महामन्त्रीको मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले पदअनुसार छुट्टाछुट्टै मतपत्र र मतपेटिका (ट्याङ्की) बनाएकाले पदअनुसार छुट्टाछुट्टै गणना हुने भएको छ ।
बुधबार अपराह्न ४ बजेपछि उपसभापति पदको मतगणना गर्न खोजिएपछि केही ढिलाइ भइरहेको छ । उपसभापति पदमा डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाबीच प्रतिस्पर्धा रहेको छ । उपसभापतिमा २ उम्मेदवार विजयी हुने प्रावधान छ ।
मतगणनाको तयारी भइरहँदा सानेपास्थित केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ । कांग्रेस पार्टी कार्यालय प्रहरीले घेरिएको छ ।
महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना केन्द्रीय कार्यालयमा हुँदैछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।