शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस चुनावः फेरि थपियो मतदान गर्ने समय, मतगणना राति कति बजे ?

कांग्रेस चुनावः फेरि थपियो मतदान गर्ने समय, मतगणना राति कति बजे ?

  • मिडिया डबली
  • सोमवार, मंसिर २७ २०७८

  • 6.7K
    SHARES

  • कांग्रेस चुनावः फेरि थपियो मतदान गर्ने समय, मतगणना राति कति बजे ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मतदान गर्ने समय थप गरिएको छ ।

    केन्द्रीय निर्वाचन समितिले राति साढे १० बजेसम्म मतदान गर्न सकिने गरी समय थपेको हो ।

    राष्ट्रिय सभागृह मतदानस्थलमा मतदाताको संख्या कम भएको र भृकुटीमण्डल मतदानस्थलमा मतदान जारी रहेको समितिले जनाएको छ ।

    राष्ट्रियसभा गृहमा निर्वाचन समितिको तर्फबाट राति साढे १० बजेसम्म मतदान गर्न सकिने घोषणा गरिएको छ ।

    बिहान ढिला गरी मतदान सुरु भएकाले रातिसम्म मतदानको समय थपिँदै आएको छ । यसअघि समितिले राति ९ बजेसम्म समय तोकेको थियो ।

    राति १० बजे मतदान सकिएलगत्तै सभापति पदको मतगणना सुरु हुने समितिले जनाएको छ । राति सभापति पदको मतगणना सकेर मात्रै अन्य भोलि मंगलबार अन्य पदको मतगणना गर्ने समितिको तयारी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend