काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदानको समय राति ९ बजेसम्म निर्धारण गरिएको छ ।
आज सोमबार बिहान ८ बजेदेखि हुने भनिए पनि ढिला गरी बिहान साढे ११ बजेपछि मात्रै मतदान सुरु गरिएको हो ।
राति मतदान सकिएपछि लगत्तै मध्यराति मतगणना सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ । महाधिवेशनस्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान भइरहेको छ ।
कांग्रेस महाधिवेशनमा १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री तथा केही खुला र केही समावेशी केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ ।
सभापति पदमा प्रधानमन्त्री शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा भइरहेको छ ।
सभापति पदमा पहिलो चरणमा कसैले पनि स्पष्ट बहुमत ल्याउन नसके दोस्रो चरणको चुनाव हुने प्रावधान छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।