शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

रामचन्द्र र शशांकले आफूलाई साथ दिएको भनेर बालुवाटार के सन्देश दिन चाहन्छ ?

रामचन्द्र र शशांकले आफूलाई साथ दिएको भनेर बालुवाटार के सन्देश दिन चाहन्छ ?

  • मिडिया डबली
  • सोमवार, मंसिर २७ २०७८

  • 3.7K
    SHARES

  • रामचन्द्र र शशांकले आफूलाई साथ दिएको भनेर बालुवाटार के सन्देश दिन चाहन्छ ?

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज नेतृत्वका लागि मतदान भइरहेको छ । मतदानअगावै सभापतिका प्रत्यासी शेरबहादुर देउवा पक्षले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला आफ्नो पक्षमा भएको भन्दै प्रचार गरिरहेको छ ।

    यद्यपि यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन । यदि पौडेलले देउवालाई सहयोग गरेका हुन्थे भने उनी निकै बलिया हुन्थे । र, देउवा महाधिवेशन प्रतिनिधिसँग भोट माग्दै हिँड्नुपर्ने थिएन ।

    अर्कोतिर शशांकले देउवाले समर्थन गर्ने भए उनी प्यानलमै उपसभापतिका उम्मेदवार हुन्थे । तर, उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराए । अहिले शशांकलाई देउवा र शेखर कोइराला दुवै प्यानलमा पारिएको छ ।

    जे होस् बिपी कोइराला पुत्रलाई आ–आफ्नो पक्षमा पार्ने प्रयास दुवैतिर भइरहेको छ । मतदानकै दिन यस्तो हुनेछ भन्ने अनुमान धेरैले गरेका थिए । आखिर भयो पनि त्यस्तै ।

    मतदानको अघिल्लो दिनदेखि नै देउवाले पौडेललाई आफूलाई सघाउन विभिन्न आश्वासन दिएको भनेर प्रचार सुरु भइसकेको थियो । बालुवाटारले पौडेललाई देउवाले आगामी स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा २० प्रतिशत भाग दिने, छोरा चिन्तन पौडेललाई केन्द्रीय सदस्य मनोनीत गरिदिने भद्र सहमति गरेको भनेर प्रचार गरिएको थियो ।

    आइतबार राति नै बालुवाटारले देउवाले पौडेललाई बोहोराटारमा भेटेको तस्बिर सामाजिक सञ्जालमा राखेर यस्तो सनसनी मच्चायो कि मतदाता नै अन्योलमा परेका छन् ।

    duewa.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend