काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिको सहमहामन्त्री थारुतर्फ पदका उम्मेदवार उमाकान्त चौधरी पार्टीमा प्रभावशाली नेता मानिन्छन् । यसैकारण महाधिवेशनमा चौधरी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको रोजाइमा परेर सहमहामन्त्रीमा प्यानलभित्र परेका छन् ।
हाल प्रतिनिधिसभा सांसद समेत रहेका चौधरी पूर्व खानेपानीमन्त्री समेत हुन् । उनी मधेशमा प्रभावशाली मानिन्छन् ।
सभापति देउवाकै प्यानलमा परेका र बढी महाधिवेशन प्रतिनिधि भएको मधेश क्षेत्रबाट मत आउनसक्ने भएकाले चौधरीलाई जित्ने उम्मेदवारका रूपमा हेरिएको छ ।
यस्तो छ चौधरीको राजनीतिक पृष्ठभूमि –
त्रिविविबाट वनस्पति शास्त्रमा एमएससी गरेका खानेपानी मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरी हाल प्रतिनिधिसभाका सदस्य समेत छन् ।
२०३६ सालको विद्यार्थी आन्दोलनबाट नेपाल विद्यार्थी संघमा सक्रिय हुँदै आएका चौधरी २०४२ सालको सत्याग्रहमा भाग लिए ।
२०४४ सालमा बारा जिल्ला क्षेत्र नम्बर १ को कांग्रेस क्षेत्रिय उपसभापति भएका चौधरी २०४६ सालको जनआन्दोलनमा काठमाडौं र बाराको आन्दोलनमा सक्रिय भए ।
२०४७ सालमा नेविसंघ त्रिविवि समितिको उपसभापति निर्वाचित भइ २०४८ सालमा बारा क्षेत्र नम्बर १ बाट कांग्रेस महासमिति सदस्यमा निर्वाचित भएका हुन् ।
२०४८ सालमा नेविसंघ केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित । २०४९ मा नेपाली कांग्रेस बारा जिल्ला कार्यसमिति सदस्य भएका थिए ।
२०५३ सालमा बारा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए ।
२०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय सदस्य, २०५६ सालको आम निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।
२०५८ सालमा कृषि तथा सहकारी सहायकमन्त्री बने भने २०५९ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भए ।
२०६२/०६३ को जनआन्दोलनमा आन्दोलन परिचालन समिति कमाण्डर र २०६४ सालमा नेपाली कांग्रेस केन्द्रीय र नेपाली कांग्रेस प्रजातान्त्रिक एकीकरणपछि कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य बने ।
२०६४ सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नम्बर ५ बाट संविधानसभा सदस्यमा निर्वाचित भए ।
२०६७ सालमा माधवकुमार नेपाल नेतृत्वका संयुक्त सरकारमा कांग्रेसको तर्फबाट स्वाथ्य तथा जनसंख्या मन्त्री बने ।
२०६७ सालको पार्टीको १२ औं महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भए ।
२०७२ सालको १३औं महाधिवेशनमा पार्टीको केन्द्रीय कोषाध्यक्ष पदमा कृष्णप्रसाद सिटौला समूहबाट प्रत्यासी बनेका चौधरीलाई सभापति देउवाबाट केही सातामै केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित भए ।
२०७४ सालको आमनिर्वाचनमा बारा जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनी २०७८ भदौदेखि खानेपानी मन्त्री समेत रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।