शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस महाधिवेशन : नेपाल सांस्कृतिक संघले महाधिवेशन प्रतिनिधि बिक्री गरेको आशंका

कांग्रेस महाधिवेशन : नेपाल सांस्कृतिक संघले महाधिवेशन प्रतिनिधि बिक्री गरेको आशंका

  • मिडिया डबली
  • आइतवार, मंसिर २६ २०७८

  • 5.7K
    SHARES

  • कांग्रेस महाधिवेशन : नेपाल सांस्कृतिक संघले महाधिवेशन प्रतिनिधि बिक्री गरेको आशंका

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । महाधिवेशनमा ४७ सय बढी प्रतिनिधि सहभागी छन् ।

    नेपाली कांग्रेसले शुभेच्छुक भ्रातृसंस्थाका लागि तीनदेखि पाँचजनासम्म प्रतिनिधि छुट्याएको छ । जसअनुसार कांग्रेसका दर्जन बढी शुभेच्छुक भ्रातृसंस्थाले निर्विवाद ढंगले महाधिवेशन प्रतिनिधि छनोट गरेर पठाएका छन् ।

    तर नेपाल सांस्कृतिक संघले यसपटक पनि महाधिवेशन प्रतिनिधि बिक्री गरेको भन्दै संघका पदाधिकारीले असन्तुष्टि जनाएका छन् ।

    कांग्रेसको १३औं महाधिवेशनमा पनि संघका अध्यक्ष तीर्थ थापाले तीनजना महाधिवेशन प्रतिनिधि चयन गरेर पठाउँदा राम्रै प्रतिफल कमाएको चर्चा थियो । यसपटक पनि थापाले संघका पदाधिकारी कसैलाई पनि थाहा पत्तो नदिई सुटुक्क तीनजना महाधिवेशन प्रतिनिधि चयन गरेर पठाएको रहस्य खुलेको छ ।

    संघले सर्वसम्मत ढंगले पदाधिकारीबाटै महाधिवेशन प्रतिनिधि छनोट गरेर पठाउनुपर्ने हो । तर थापाले त्यसको बेवास्ता गर्दै पदाधिकारीलाई बाइपास गर्दै काठमाडौंका प्रवीण ओझा, भैरहवाका सुनिल रायमाझी र बुटवलका डिल्लीनारायण पाण्डेलाई कांग्रेसको महाधिवेशन प्रतिनिधि छनोट गरेर पठाएका छन् । संघका अध्यक्षले प्रतिप्रतिनिधि १५ लाख रुपैयाँसम्म असुल गरेको मिडियाडबलीलाई बताए ।

    ओझा सांस्कृतिक संघमै आबद्ध भए पनि उनी कांग्रेसको नगर कमिटीमै पराजित भएका व्यक्ति हुन् । उनको आर्थिक अवस्था निकै सुदृढ छ । संघका अध्यक्ष थापाले सधैं पैसा हुने व्यक्तिलाई महत्व दिँदै आएका  छन् । रायमाझी र पाण्डे नामै नसुनिएका व्यक्ति हुन् ।

    थापाले सांस्कृतिक संघलाई मागीखाने भाँडो बनाउँदै आएका छन् । विगतमा संघको अस्तित्व रामै्र थियो । तर, थापाको आजीवन संघको अध्यक्ष बन्ने इच्छाले गर्दा अहिले  झोलामा सीमित भएको छ ।

    थापा कांग्रेसको १४औं महाधिवेशनमा खसआर्यतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन् । उनी लमजुङबाट खसआर्यबाटै महाधिवेशनमा निर्वाचित भएर आएका हुन् । संघको कार्यबाहक अध्यक्ष जनार्दन शर्मालाई बनाएका थापाले तिनै आचार्यलाई महाधिवेशन प्रतिनिधिसमेत बनाएनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend