काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रभावशाली केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन र कांग्रेसमा रूपान्तरण गर्न सभापति शेरबहादुर देउवा पक्षबाट पुनः उम्मेदवारी दिएको कण्डेलले बताएका छन् ।
पूर्व गृह राज्यमन्त्री तथा पार्टीका प्रभावशाली नेता केन्द्रीय सदस्य कण्डेलले पुनः केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
कण्डेलले माओवादीको सशस्त्र द्वन्द्वकालमा गृह राज्यमन्त्रीको भूमिका निर्वाह गर्दा चर्चामा आएका थिए । माओवादीका शीर्ष नेताहरूको टाउकोको मोल तोकेर गृह राज्यमन्त्री कण्डेल राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा चर्चामा आएका थिए ।
द्वन्द्वकालमा तत्कालीन माओवादीबाट १७ राउन्ड गोली प्रहार भएर आक्रमणको प्रयास समेत भएको थियो । मृत्युलाई समेत जितेर भाग्यले बाँचेका कण्डेलले जीवनलाई नाफाको जिन्दगी भन्ने गरेका छन् । उनले आफूलाई पूर्णतः कांग्रेसको काममै खटाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।