शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
कांग्रेस महाधिवेशन

कांग्रेसका एक दर्जन सिनियर नेता महाधिवेशनबाट बढारिँदै, को को छन् हेर्नुहोस्

कांग्रेसका एक दर्जन सिनियर नेता महाधिवेशनबाट बढारिँदै, को को छन् हेर्नुहोस्

  • मिडिया डबली
  • बिहिवार, मंसिर २३ २०७८

  • 4.8K
    SHARES

  • कांग्रेसका एक दर्जन सिनियर नेता महाधिवेशनबाट बढारिँदै, को को छन् हेर्नुहोस्

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट झन्डै एक दर्जन सिनियर नेताको सक्रिय राजनीति सकिँदैछ । १३औं महाधिवेशनमा वृद्ध भइसकेका नेताहरूकै बोलवाला थियो ।

    तर, यसपटक महाधिवेशन प्रतिनिधि युवा पुस्ताका बढीजसो आएकाले चुनावमा एक दर्जनको हाराहारीमा रहेका वृद्ध नेता पाखा लाग्ने अवस्था छ ।

    कांग्रेसलाई त्यसै पनि वृद्धहरूको पार्टी भन्ने गरिएको छ । ५० वर्षसम्मका नेताहरूलाई पार्टीको पदाधिकारी बन्नबाट रोकिँदै आएको छ । तर, यसपटक गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतको पुस्ताले पदाधिकारीमै जित्ने देखिएपछि वृद्ध नेताहरू साइड लाग्ने अवस्था आएको हो ।

    यदि कांग्रेसले पदाधिकारी थप गरेन भने सभापति र उपसभापतिमा मात्र हो वरिष्ठ नेता पर्ने । नत्रभने महामन्त्रीदेखि सहमहामन्त्री र ३५ केन्द्रीय सदस्यमा अधिकांश युवा पुस्ता आउने निश्चित छ ।

    यस्तो भएमा अर्जुननरसिंह केसी, डा.रामशरण महत, गोपालमान श्रेष्ठ, तारानाथ रानाभाट, विजयकुमार गच्छदार, तारणीदत्त चटौत, लक्ष्मण घिमिरे, गोविन्दराज जोशी जस्ता नेताहरूको सक्रिय राजनीतिमा विश्राम लाग्ने अवस्था छ ।

    यी नेताहरू सम्भवतः अब पदाधिकारीमा रहने छैनन् । १३औं महाधिवेशनमा धेरैजसो पदाधिकारीमा समेत रहेनन् । त्यसैले यसपटक ३५ खुला केन्द्रीय सदस्यको संख्या बढाइएको हो ।

    संस्थापन र इतर समूहमा दुवैतिर हाराहारीमा सिनियर नेताहरूको संख्या छ । ती सबै एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिमा आउने चान्स छैन ।

    त्यसलै यसपटक धेरैले महाधिवेशनबाटै बिदा लिनुपर्ने अवस्था छ । उमेरका हिसाबले शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्कालगायतको पनि यो नै अन्तिम महाधिवेशन हुने छ ।

    त्यो संकेत नेता पौडेलले बुधबार नै इतर समूहको बैठकमा दिइसकेका छन् । उनले अब आफू पार्टी राजनीतिबाट बिदा लिएर आराम गर्ने जनाउ दिइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend