शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

नेविसंघका पूर्व उपाध्यक्ष नवीन राईले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

नेविसंघका पूर्व उपाध्यक्ष नवीन राईले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • मिडिया डबली
  • मंगलवार, मंसिर २१ २०७८

  • 6.5K
    SHARES

  • नेविसंघका पूर्व उपाध्यक्ष नवीन राईले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

    काठमाडौं - नेविसंघका पूर्वउपाध्यक्ष नवीन राईले नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

    ओखलढुंगा चिशंखुगढी–८ का राई कांग्रेसको १२औं महाधिवेशनमा ओखलढुंगा क्षेत्र नम्बर १ पूर्व क्षेत्रीय सचिव थिए । 

    त्रिचन्द्र क्याम्पसबाट राजनीतिशास्त्र र सामाजिकशास्त्रमा स्नातक गरेका राई हाल कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । 

    राईले आदिवासी जनजातितर्फबाट कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन् । राई विचारमा प्रस्ट र संगठन बनाउन सक्ने युवा नेता हुन् ।

    सानै उमेरदेखि नेपाल विद्यार्थी संघबाट राजनीति गर्दै आएका राई अब सक्रिय रूपमा पार्टी राजनीतिमा लाग्ने बताउँछन् । उनले कांग्रेसमा पुस्तान्तरण आवश्यक रहेकाले आफूले उम्मेदवारी दिएको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend