शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस प्रतिनिधि राख्न ४६ सय कोठा बुक, कहाँ - कहाँ छ ब्यबस्था ?

कांग्रेस प्रतिनिधि राख्न ४६ सय कोठा बुक, कहाँ - कहाँ छ ब्यबस्था ?

  • मिडिया डबली
  • मंगलवार, मंसिर २१ २०७८

  • 7.6K
    SHARES

  • कांग्रेस प्रतिनिधि राख्न ४६ सय कोठा बुक, कहाँ - कहाँ छ ब्यबस्था ?

    काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी हुन ४६ सय भन्दा बढी प्रतिनिधि काठमाडौं आउने भएका छन्। 

    २४ मंसिरदेखि शुरु हुने महाधिवेशनमा ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधि, ती निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, जिल्ला सभापतिसहित विदेशस्थित जनसम्पर्क समितिबाट कांग्रेस महाधिवेशनमा भाग लिन प्रतिनिधि आउने भएका हुन्।

    यसरी देश भित्रबाट आउने प्रतिनिधिहरुलाई ठमेल, गौशाला र सुन्धारामा सुताउने गरी होटलको व्यवस्था गरेको हो । विदेशबाट आउनेहरुका लागि भने थप व्यवस्था हुनेछ ।

    कांग्रेसको आवास तथा भोजन समितिका संयोजक सुरेन्द्र पाण्डेले चार हजार बढी महाधिवेशन प्रतिनिधिका लागि तीन स्थानमा ८६ होटल बुकिङ गरिएको जानकारी दिएका छन् ।

    ती सबै होटलमा गरी करिब ४६ सय कोठा बुक गरिएको उनले जानकारी दिएका हुन् । महाधिवेशनमा खान र बस्नका लागि मात्रै तीन करोड बढी खर्च लाग्ने अनुमान कांग्रेसको छ ।

    महाधिवेशनमा आउनेहरुका लागि २३ देखि २७ गतेसम्म आवासको व्यवस्था गरिएको हो । आवास तथा भोजन समितिका संयोजक पाण्डेका अनुसार प्रतिनिधिहरु बस्ने होटलको एउटा कोठाको भाडा आठ सय रुपैयाँ छ।

    ती सबै कोठामा अट्याच बाथरुम तथा तातोपानी चिसो पानी आउने छन् । यसैगरी सबै होटलहरुले कोरोना महामारी लक्षित सरकारले लागू गरेको स्वास्थ्य मापदण्डको पालना गरेको हुनुपर्ने नीति कांग्रेसको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend