शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस प्रदेश १ पदाधिकारीमा कसको कति मत ? उपसभापति र महामन्त्रीमा को अगाडि ?

कांग्रेस प्रदेश १ पदाधिकारीमा कसको कति मत ? उपसभापति र महामन्त्रीमा को अगाडि ?

  • मिडिया डबली
  • आइतवार, मंसिर १९ २०७८

  • 4.3K
    SHARES

  • कांग्रेस प्रदेश १ पदाधिकारीमा कसको कति मत ? उपसभापति र महामन्त्रीमा को अगाडि ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १ नम्बर प्रदेश कार्यसमितिका लागि भएको चुनावको मतगणना जारी छ ।

    खसेको मतमध्ये ४०० मत गणना हुँदासम्म सभापति पदमा गुरुराज घिमिरे अगाडि देखिएका छन् ।

    घिमिरेले २१२ मत ल्याउँदा प्रतिस्पर्धी उद्धव थापाले १७४ मत मात्रै ल्याएका छन् ।

    उपसभापति पदका ४ उम्मेदवारमध्ये गोविन्दप्रसाद ढुंगाना ‘केदार’ले १७३, टंकप्रसाद राईले १८१ मत, रमेशजंग रायमाझीले १८६ मत र विश्वनाथ रिजाल ‘त्रिलोचन’ले १६७ मत पाएका छन् ।

    महामन्त्री पदमा उमेश थापाले १९५ मत, दिपनकुमार श्रेष्ठले १८३ मत, पदमसुन्दर पालुङ्गवाले १६६ मत र भूपेन्द्र राईले १७९ मत पाएका छन् ।

    सहमहामन्त्री पदमा १ महिलाका लागि भएको चुनावमा प्रमिला गच्छदारले १७५ र सीता कार्कीले १८८ मत पाएका छन् । सहमहामन्त्री खुलाका लागि परेको ५ जनाको उम्मेदवारीमध्ये खड्ग फागाले २२७, रोहितकुमार शाहले १५१, विनोदकुमार बस्नेतले १६८, वीरकाजी राईले १५८ र शुभचन्द्र राईले १४ मत पाएका छन् ।

    हिजो शनिवार भएको मतदानको मतगणना आज आईतवार अपराह्नदेखि सुरू भएको जनाइएको छ ।

    सभापति :
    १.उद्धव थापा - १७४
    २.गुरुराज घिमिरे -२१२

    उपसभापति :
    १.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -१७३
    २.टंक प्रसाद राई -१८१

    ३.रमेशजंग रायमाझी -१८६
    ४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) -१६७

    महामन्त्री :
    १.उमेश थापा -१९५
    २.दिपन कुमार श्रेष्ठ -१८३

    ३.पदम सुन्दर पालुङ्गवा- १६६
    ४.भुपेन्द्र राई -१७९

    सह-महामन्त्री :
    १.प्रमिला गछदार -१७५
    २.सीता कार्की-१८८

    सह-महामन्त्री :
    १.खड्ग फागो -२२७
    २.रोहित कुमार शाह -१५१

    ३.बिनोद कुमार बस्नेत -१६८
    ४.विरकाजी राई -१५८
    ५.शुभचन्द्र राई -१४

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend