काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेश कार्यसमितिको मत परिणाम आउने क्रम जारी छ । आइतबार दिउँसो ४ बजेसम्म तीन सय ६५ मत गणना भइसकेको छ ।
हालसम्म संस्थापन इतर समूहका अमरसिंह पुनले अग्रता लिएका छन् । उनले दुई सय १६ मत पाएका छन् । संस्थापन पक्षका भरतकुमार शाहले एक सय ४७ मत पाएका छन् । उनी पुनभन्दा ६९ मतले पछि छन् ।
लुम्बिनी प्रदेशमा तुलनात्मक रूपमा संस्थापन इतर समूहको पकड छ । प्रदेशमा संस्थापन पक्षले जिल्ला सभापतिमा दुईजना मात्र जितेको थियो । बाँकी सबै पौडेल–कोइराला समूहले जितेको छ ।
उपसभापतिमा अष्टभुजा पाठक २०४, भुवन श्रेष्ठ २०८, राजु खनाल १५६, सुधाकर पाण्डे १२०, महामन्त्रीमा विक्रम खनाल २१७, सुरेन्द्रराज आचार्य २११, जन्मजय तिमिल्सिना १२७ र खिमानसिंह रायमाझी १२४, सहमहामन्त्रीमा विष्णु मुस्कान २१७, निमा गिरी १९७, खगराज पाण्डे १९१, माया पुन १४२, सरिता चौधरी १३२ र लक्ष्मीनारायण शाह १३१ मत पाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।