काठमाडौँ- नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुनलेको अग्रताकायम नै रहेको छ ।
२६५ मत गणना गर्दा पुनले १५७ मत प्राप्त गरेका निर्वाचन समितीका सदस्य जीव नारायण अधिकारीले जानकारी दिएका छन्। सभापतिका अर्का प्रत्यासी भरत कुमार शाहले १०७ मत प्राप्त गरेका छन भने १ मत बदर भएको बताइएको छ।
पुन रामचन्द्र पौडेल समूहका हुन भने शाह शेरबहादुर देउवा समूहका हुन्। यस्तै उपसभापति अष्टभुज पाठकले १५० मत ल्याएका छन्। उपसभापति पदका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले १५०, राजु खनालले १०९, सुधाकर पाण्डेले ८० मद प्राप्त गरेका छन्। महामन्त्रीमा खिमान सिंह रायमाझी ८१, जन्मजय तिमल्तिना ९२, बिक्रम खनाल १६३, सुरेन्द्रराज आचार्यले १५६ मत पाएका छन्।
शनिवार मतदान सकिए पनि आईतबार विहानबाट मत गणना सुरु गरिएको हो। २६५ मत गन्दा सहमहामन्त्री (महिला) निमा गिरि–१४३ र सरिता चौधरी–९७, सहमहामन्त्री (खुल्ला) खगराज पाण्डे –१४१, माया पुन–१०५, लक्ष्मी नारायण शाह–९१, बिष्णु प्रसाद खनाल मुस्कान–१६३ मत प्राप्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।