काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बाग्मती प्रदेश सभापतिका लागि आइतबार दोस्रो चरणको मतदान हुँदैछ ।
बिहान ११ बजेदेखि दोस्रो चरणको मतदान सुरु भएको हो । पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये इन्द्रबहादुर बानियाँले ४८ प्रतिशत मात्रै मत ल्याएपछि दोस्रो चरणको निर्वाचनबाट सभापतिको छिनोफानो लगाउन थालिएको हो ।
पहिलो चरणको निर्वाचनमा तेस्रो स्थानमा रहेका भीमसेनदास प्रधानले सबैभन्दा धेरै मत ल्याउने बानियाँलाई समर्थन जनाएका छन् । प्रधानले एक सय ९७ मत ल्याएका थिए । अब उनको मत बानियाँलाई जाँदा उनले सभापतिमा जित्ने प्रबल सम्भावना छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।