मकवानपुर - नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा सबैभन्दा बढी मत ईन्द्र बानियाँले ल्याएका छन् । हिजो भएको निर्वाचनको मध्यरात १२ बजेदेखि मतगणना भएको थियो ।
बिहान साढे ४ बजे मतगणना सकिएको हो । मत परिणाम अनुसार, बानियाँले ९९२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार जगदीश्वरनरसिंह केसीले ८७२ मत पाए ।
भीमसेनदास प्रधानले १९७ मत प्राप्त गरेका छन् । बागमतीमा सभापति पदमा पुनः मतदान हुने भएको छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेका कारण पुनः मतदान हुने भएको हो ।
बानियाँले कुल मतको ४८ प्रतिशत मत प्राप्त गरेका छन् । यसअघि गएराति १० बजे सकिएको मतदानमा २ हजार ८३ मत खसेको थियो । जसमा १० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
बाँकी १२ जनाले सभापति पदमा मत नदिएको बताइएको छ । अब बागमतीमा दोश्रो चरणमा निर्वाचन भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।