काठमाडौं - नेपाली कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी हुने निश्चित भएकाे छ।
भर्खर प्राप्त जानकारीअनुसार ११०० मत गनिसक्दा शर्मा १०२ मतले अगाडि छन्। अब ४६ मत मात्र गन्न बाँकी छ। उनका प्रतिस्पर्धी अर्जुन जोशीले हार्ने निश्चित भएको छ। मतदानमा कूल ११४६ मत खसेको थियो।
गण्डकी प्रदेश सभापतिमा तीव्र प्रतिस्पर्धा चलेको छ। प्रदेश अधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि भएको मतदानपछि अहिले मतगणना चलिरहेको छ।
गण्डकी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहप्रदेश हो। उनले यहाँ सभापति शेरबहादुर देउवा पक्षसँगको प्रतिस्पर्धालाई उनले प्रतिष्ठाको लडाइँ मानेका थिए।
गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि मतगणना सुरु गरिएको थियो ।
यस्तो छ यहाको प्यानल समुह
गण्डकी प्रदेश
संस्थापन समूह
सभापति – अर्जुनप्रसाद जोशी
उपसभापति – नेत्र महत (म्याग्दी)
उपसभापति – मेखलाल श्रेष्ठ (स्याङ्जा)
महामन्त्री – ईश्वर पाण्डे (गोरखा)
महामन्त्री – कुमार खड्का (कास्की)
सहमहामन्त्री – झुलबहादुर राना (तनहुँ)
सहमहामन्त्री – ओमकला गौतम (नवलपुर)
सहमहामन्त्री – राजन पन्त (गोरखा)
पौडेल समूह
सभापति शुक्रराज शर्मा
उपसभापति – कल्पना तिवारी (स्याङ्जा)
उपसभापति – हरिप्रसाद श्रेष्ठ (बागलुङ)
महामन्त्री – विष्णु लामिछाने (नवलपुर)
महामन्त्री– किरणबाबु श्रेष्ठ (गोरखा)
सहमहामन्त्री– रामचन्द्र जोशी
सहमहामन्त्री – रमेश पाण्डे
सहमहामन्त्री– कोपिला रानाभाट
स्वतन्त्र रुपमा
सहमहामन्त्री– युवराज बस्ताकोटी
सहमहामन्त्री– गणेश सापकोटा
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।