शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

देउवाको गृह प्रदेशमा यस्तो आउँदैछ मतपरिणाम, पदाधिकारीमा कसको कति भोट ?

देउवाको गृह प्रदेशमा यस्तो आउँदैछ मतपरिणाम, पदाधिकारीमा कसको कति भोट ?

  • मिडिया डबली
  • आइतवार, मंसिर १९ २०७८

  • 5.3K
    SHARES

  • देउवाको गृह प्रदेशमा यस्तो आउँदैछ मतपरिणाम, पदाधिकारीमा कसको कति भोट ?

    काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

    प्रारम्भिक मतपरिणाम अनुसार देउवा पक्षका उम्मेदवारले सानदार अग्रता लिएका छ । कूल १ हजार ३ मत खसेकोमा ४०४ मत गणना हुँदासम्म देउवा पक्षको प्यानलले नै अग्रता लिएको हो ।

    प्रदेश सभापति पदमा वीरबहादुर बलायरले २७२ मत पाउँदा प्रतिद्वन्द्वी नारायणदत्त मिश्र १२३ मतमै सीमित भएका छन् । बलायर देउवा पक्ष र मिश्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार हुन् ।

    उपसभापति पदमा गोपालसिंह गुरुङले १०४, जनकराज चौधरीले २६१, मनबहादुर रावलले ९९, लोकराज अवस्थीले २३४ र हिमबहादुर रावलले ३९ मत पाएका छन् । चौधरी र अवस्थी देउवा पक्षका उम्मेदवार हुन् ।

    महामन्त्री पदमा नरनारायण शाह मनुले २५८, प्रताप गुर्धामीले ८६, मेघराज खड्काले २७१ र रामबहादुर शाहीले १३० मत पाएका छन् । शाह र खड्का देउवा पक्षका उम्मेदवार हुन् ।

    सहमहामन्त्री पदमा गोपालदत्त भट्टले २४१, चिन्तामणि भट्टले २२५, नरेन्द्रप्रसाद भट्टले ८६, पदमराज पन्तले १०१, लक्ष्मणबहादुर शाहीले ६६ र हर्कबहादुर स्वारले २९ मत पाएका छन् ।

    गोपाल र चिन्तामणि देउवा पक्षका उम्मेदवार हुन् । महिला सहमहामन्त्रीमा अम्बिकाकुमारी चलाउनेले २८४ र खिना भण्डारीले ९१ मत पाएका छन् । मतगणना जारी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend