काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा भएको चुनावबाट अध्यक्ष कमल थापाको साम्राज्य भत्किन थालेको छ ।
थापा लामो समयदेखि राप्रपाको अध्यक्ष रहँदै आएका थिए । अध्यक्ष पदको चुनावमा थापालाई अर्का उम्मेदवार राजेन्द्र लिङ्देनले पराजित गर्ने देखिएको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार राजेन्द्र लिङ्देनले ७४० मत ल्याउँदा कमल थापा ६६१ मतमै सीमित भएका छन् । लिङ्देन राप्रपाबाट एक्ला प्रतिनिधिसभा सांसद समेत छन् ।
राप्रपाको अध्यक्ष पदमा प्यानलसहित थापा र लिङ्देनको भिडन्त भएको छ । लिङ्देन प्यानलबाट नायिका रेखा थापा समेत महामन्त्री पदमा उम्मेदवार छिन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।