हेटौँडा - नेपाली कांग्रेस बग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँले अग्रता लिएका छन् ।
हेटौँडामा जारी मतगणनाअनुसार बानियाँले ७ सय मत गणना हुँदा ३४० पाएका हुन् । बानियाँ संस्थापन पक्षका हुन् । सभापतिका प्रतिस्पर्धी जगदीश्वरनरसिंह केसीले २७७ मत पाएका छन् । केसी नेता रामचन्द्र पौडेल निकटका हुन् ।
सभापतिका अर्का उम्मेदवार भीमसेनदास प्रधानले ५५ मत पाएका छन् । प्रधान नेता कृष्णप्रसाद सिटौला समूहका हुन् । शनिबार हेटौँडामा भएको मतदानमा कुल दुई हजार १५१ मध्ये दुई हजार ८३ मत खसेको थियो ।
शनिबार बिहान १० बजेदेखि हुने भनिएको मतदान ढिलो गरी अपराह्न करिब साढे ४ बजेदेखि सुरु भएको थियो ।
कांग्रेसको संघीय विधानानुसार शनिबार पहिलोपटक प्रदेश अधिवेशन भएको हो । अधिवेशनबाट पदाधिकारीतर्फ प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्री निर्वाचित हुनेछन् ।
शनिबार हेटौँडामा भएको मतदानमा कुल दुई हजार १५१ मध्ये दुई हजार ८३ मत खसेको थियो ।
बागमती प्रदेश
संस्थापन समूह
सभापति – इन्द्रबहादुर बानियाँ
उपसभापति – मदनकृष्ण श्रेष्ठ (भक्तपुर)
उपसभापति – धर्मराज गौतम (काठमाडौं)
महामन्त्री – तिलक रुवाली (धादिङ)
महामन्त्री – राजु श्रेष्ठ (काठमाडौं)
सहमहामन्त्री– महेन्द्र थिङ (नुवाकोट)
सहमहामन्त्री– निरु खड्का (ललितपुर)
सहमहामन्त्री– हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक)
पौडेल समूह
सभापति – जगदिश्वरनरसिंह केसी
उपसभापति – राजेन्द्र बुर्लाकोटी (चितवन)
उपसभापति – मोहनबहादुर बस्नेत (काठमाडौं)
महामन्त्री – माइकल रामचन्द्र अर्याल (मकवानपुर)
महामन्त्री – कञ्चनचन्द्र बादे (काभ्रे)
सहमहामन्त्री– वीरबहादुर तामाङ (रामेछाप)
सहमहामन्त्री– ऋषिराम घिमिरे (ललितपुर)
सहमहामन्त्री– जीवन डंगोल (काठमाडौं)
सिटौला समूह
सभापति – भीमसेनदास प्रधान
उपसभापति – चन्द्र महर्जन (ललितपुर)
उपसभापति – परशुराम पोखरेल (बीपी संग्रहालय, सुन्दरीजल)
महामन्त्री – गोपीप्रसाद दवाडी (काठमाडौं)
महामन्त्री – सुरेश श्रेष्ठ (भक्तपुर)
सहमहामन्त्री– मोती मोक्तान (दोलखा)
सहमहामन्त्री– राजकुमार पाठक (धादिङ)
सहमहामन्त्री–........... (....)
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।