धनगढी - नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बीरबहादुर बलायरले प्रारम्भीक नतिजामै फराकिलो मतकोअन्तर लिएका छन् ।
शनिबार मध्यरातिदेखि शुरु भएको मतगणनामा सभापतिका उम्मेदवार बलायरले १०० मत पाएका छन् । सभापति पदका अर्का प्रतिस्पर्धी नारायणदत्त मिश्रले ४० मत पाएका छन् । सभापतिका उम्मेदवार बलायर सभापति शेरबहादुर देउवा निकटका हुन् ।
मिश्र नेता रामचन्द्र पौडेल निकटका मानिन्छन् । प्रारम्भीक चरणमा देखिएको सुदूरपश्चिम कांग्रेसको सभापतिको नतिजाअनुसार बलायरले जित्ने पक्का जस्तै रहेको देख्न सकिन्छ ।
यस्तो छ यहाको समुह प्यानल
सुदूरपश्चिम प्रदेश
संस्थापन समूह
सभापति – बीरबहादुर बलायर
उपसभापति – लोकराज अवस्थी (बैतडी)
उपसभापति – जनक चौधरी (कैलाली)
महामन्त्री – सभापति नरनारायण शाह ‘मनु’ (कैलाली )
महामन्त्री – मेखराज खड्का (अछाम)
सह-महामन्त्री – चिन्तामणि भट्ट (कञ्चनपुर)
सह-महामन्त्री – गोपाल भट्ट (कञ्चनपुर)
सह-महामन्त्री –अम्बिका चलाउने (अछाम)
संस्थापन इतर समूह
सभापति – नारायणदत्त मिश्र
उपसभापति – गोपाल गुरुङ (कञ्चनपुर)
उपसभापति – मानबहादुर रावल (बाजुरा)
महामन्त्री – प्रताप गुरधामी (बझाङ)
महामन्त्री – रामबहादुर शाही (अछाम)
सह-महामन्त्री – पदमराज पन्त (दार्चुला)
सह-महामन्त्री – नरेन्द्र भट्ट (बैतडी)
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।