शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आजै राति परिणाम आउने, तीन प्रदेशमा कहाँ कति खस्यो मत ?

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आजै राति परिणाम आउने, तीन प्रदेशमा कहाँ कति खस्यो मत ?

  • मिडिया डबली
  • शनिवार, मंसिर १८ २०७८

  • 5.0K
    SHARES

  • गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आजै राति परिणाम आउने, तीन प्रदेशमा कहाँ कति खस्यो मत ?

    काठमाडौं - नेपाली काग्रेसको १४औं महाधिबेशनअन्तर्गत प्रदेश २ बाहेक ६ वटै प्रदेशमा शनिबार नयाँ कार्यसमितिका लागि मतदान भएको छ ।

    बाग्मती प्रदेशमा मतदान ढिलो गरी सुरु भएकाले अहिले जारी छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने मतगणना सुरु गर्ने तयारी भएको छ ।

    प्रदेश १ र कर्णालीमा कति मत खस्यो भन्ने यो रिपोर्ट तयार गर्दासम्म आइसकेको छैन । लुम्बिनी प्रदेशका लागि भएको निर्वाचनमा १६ सय ३१ मत खसेको छ । १६ सय ४८ मतदाता रहेको लुम्बिनीमा १६ सय ३१ मत खसेको निर्वाचन समितिका संयोजक डा.बुद्धबहादुर थापाले जानकारी दिए ।

    लुम्बिनीले ३९ जनाले मतदान गरेनन्। कांग्रेसको लुम्बिनी प्रदेश समितिको नेतृत्वका लागि संस्थापन पक्षबाट भरत शाह र संस्थापनइतर पक्षबाट अमरसिंह पुन प्रतिस्पर्धामा छन् ।

    गण्डकी प्रदेशमा ११ सय ६६ मतदाता रहेकामा ११ सय ४६ प्रतिनिधिले मत दिएका कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ । मतगणना राति ८ बजेबाट सुरु हुनेछ ।

    प्रदेश सभापतिमा संस्थापन पक्षबाट अर्जुनप्रसाद जोशी र इतर पक्षबाट शुक्रराज शर्मा प्रत्यासी छन् । सुदूरपश्चिम प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको मतदानमा एक हजार तीन मत खसेको छ।

    आजै राति ९ बजेदेखि कैलाली कांग्रेसको पार्टी कार्यालयमा मत गणना हुने प्रचारप्रसार समितिका संयोजक नृप सुनारले बताए। प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट वीरबहादुर बलायर र इतर पक्षबाट नारायणदत्त मिश्र सभापतिमा उठेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend