शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसका यी शक्तिशाली नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

कांग्रेसका यी शक्तिशाली नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

  • मिडिया डबली
  • शनिवार, मंसिर १८ २०७८

  • 5.0K
    SHARES

  • कांग्रेसका यी शक्तिशाली नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनमा नाम चलेका नेता पराजित हुने शृंखला जारी छ ।

    आफूलाई केन्द्रमा ठूला नेताको धाक लगाउने तर ग्राउन्ड लेबलमा हैसियत नभएकाहरू महाधिवेशन प्रतिनिधि बन्नबाटै रोकिएका छन् । केही समयअघि कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

    शनिबार कांग्रेस कार्यालयका पूर्वसचेतक शोभाकर पराजुली नै पराजित भएका छन् । आफूलाई कोइराला परिवारको ज्वाइँ भन्दै गिरिजाप्रसाद कोइरालाको निगाहमा कांग्रेस संसदीय दलको सचेतक बन्न सफल पराजुली बारा क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनमा केन्द्रीय प्रतिनिधिमै हारेका छन् ।

    स्वतन्त्र उम्मेदवार बनेका पूर्वसचेतक पराजुली ७२ मत ल्याएर पराजित बनेका छन्। यस्तै, नेपाली कांग्रेस बाराका सभापति जयचन्द्रप्रसाद चौरसिया, संविधानसभा सदस्य तथा पूर्वसभापति लालबाबु सिंह, संविधानसभा सदस्य रामअयोध्या यादवलगायत मुख्य हस्तीहरु नै पराजित भएका छन्।

    देउवा प्यानलबाट निर्वाचन क्षेत्र नम्बर ३ मा चुनाव लडेका पार्टी सभापति जयचन्द्र २६७ मत ल्याएर पराजित बनेका हुन्। निर्वाचन क्षेत्र नम्बर ४ बाट महाअधिवेशन प्रतिनिधिमा पौडेल समूहबाट चुनावमा उत्रेका संविधानसभा सदस्य तथा पूर्वसभापति लालबाबु २०५ मत ल्याएर पराजित बनेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend