शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसको चुनावमा अचम्म भयो ! मतपत्रमा उम्मेदवारको नाम नै नभएपछि ...

कांग्रेसको चुनावमा अचम्म भयो ! मतपत्रमा उम्मेदवारको नाम नै नभएपछि ...

  • मिडिया डबली
  • शनिवार, मंसिर १८ २०७८

  • 5.0K
    SHARES

  • कांग्रेसको चुनावमा अचम्म भयो ! मतपत्रमा उम्मेदवारको नाम नै नभएपछि ...

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भइरहेको प्रदेश अधिवेशनको मतदानका क्रममा विवाद भएको छ ।

    १ नम्बर प्रदेशको विराटनगरमा भइरहेको चुनावमा उम्मेदवारी दिएका ३ जनाको नाम विना नै मतपत्र छापिएपछि विवाद हुँदै मतदानमा ढिलाइ भइरहेको छ ।

    निर्वाचन समितिले उम्मेदवारको अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएपछि पुनः नयाँ मतपत्र छाप्नुपर्ने भएको छ ।

    १ नम्बर प्रदेश कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले छुटाएको जनाइएको छ । खड्गीले भूगोल, नेपालीले दलित र राईले खुलाबाट उम्मेदवारी दर्ता गराएका थिए ।

    मतपत्रमा नाम छुटेका तीनै जनाले शुक्रबार मनोनयन दर्ता गराएका हुन् । मतपत्रमा नाम नभएपछि मतदानमा ढिलाइ भइरहेको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ११ बजेसम्म पनि सुरु हुन सकेको छैन ।

    प्रदेश निर्वाचन समितिका निर्वाचन अधिकृत भरत थापाले प्राविधिक कारणले नाम छुटेको स्वीकार गरे । नाम छुटेका उम्मेदवारको नामसहित मतपत्र पुनः छाप्नुपर्ने भएकाले केही ढिला भएको छ । 

    मतदानस्थलमा मतदाता तथा उम्मेदवार मतदानको पर्खाइमा रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend