शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस जिल्ला सदस्यका कान्छा उम्मेदवार वीरेन्द्रले ल्याए अत्यधिक मत

कांग्रेस जिल्ला सदस्यका कान्छा उम्मेदवार वीरेन्द्रले ल्याए अत्यधिक मत

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १७ २०७८

  • 5.8K
    SHARES

  • कांग्रेस जिल्ला सदस्यका कान्छा उम्मेदवार वीरेन्द्रले ल्याए अत्यधिक मत

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मोरङको जिल्ला अधिवेशनमा जिल्ला सदस्य पदमा वीरेन्द्रकुमार शाह अत्यधिक मत ल्याएर विजयी भएका छन् ।

    उम्मेदवारमध्ये सबैभन्दा कान्छा उम्मेदवार २४ वर्षीय शाह अत्यधिक मत अर्थात् १ हजार ३१२ मत ल्याएर विजयी भएका हुन् ।

    समाजसेवासँगै राजनीतिमा होमिएका शाहलाई केही नेताहरूले ‘बच्चै छस्’ भन्दै उम्मेदवारी नहाल्न भनिएको थियो तर राजनीतिमा लागेर केही गर्ने  चाहना बोकेका शाहले ‘आसपास’ शैलीमा लुकेर उम्मेदवारी दिएका थिए ।

    शाहले जीतसँगै खुशी प्रकट गर्दै भने, ‘मेरो अझै धेरै सामाजिक उत्तरदायित्व बढेको छ, पदको सही सदुपयोग गर्दै अझै धेरै संगठन निर्माणको काम गर्नेछु ।’ आफूले उम्मेदवारी दिने क्रममा प्रस्तावक र समर्थक नभेटेको गुनासो उनले गरे ।

    उनले भने, ‘कोही अघि बढ्दैछ भने किन रोकछेकको काम गरिन्छ ?’ विदेशमा युवाहरूले विश्व हल्लाएको उदाहरण दिँदै उनले निषेधको राजनीति नगर्न आग्रह गरे ।

    जिते काम गर्ने र हारे अनुभव हुने सोचमा उम्मेदवारी दिएका शाहलाई बधाईको ओइरो लागेको छ ।

    को हुन् वीरेन्द्र ?

    उनको आफ्नो गतिलो घर छैन तर उनी दीनदुःखीको घर बनाउने अभियानमा जुट्छन् । नियमित आम्दानी भएका जागिरे पनि होइनन् तर मृत्यु शय्यामा पुगेका सयौं बिरामीलाई नयाँ जीवनं दिन उपचार खर्च जुटाउँछन् ।

    पेशाले पत्रकार भए पनि उनी अहोरात्र सामाजिक काममा हुन्छन् । आफ्नो गोजीमा बिहानको खाना र दिउँसोको खाजा खर्च नहुँदा पनि उनी विपन्न र दुखीको सेवामा जुट्छन् ।

    उनै श्रमजीवी वीरेन्द्रकुमार साह यतिबेला मोरङ कांग्रेसको जिल्ला सदस्यमा विजयी भएका छन् । उमेरले भर्खर २४ वर्ष पुगेका साह मोरङको सुनवर्षी–२ सुँगा बजारका स्थायी वासिन्दा हुन् ।

    विराटनगरसँग उनको पत्रकारिताको नाता छ । नभए उनी सधैं गाउँघरमै भेटिन्थे । गाउँमा बाढी पस्दा उनी एकहातमा छाता र अर्को हातमा माइक्रोफोन बोकेर बाढीबाटै प्रत्यक्ष प्रसारणमा आउँछन् ।

    समाजमा स्थापित पत्रकार मात्र होइन, उनले सामाजिक कार्यकर्ताको भूमिका पनि उत्तिकै निर्वाह गरेका छन् । विराटनगरबाट २७ किलोमिटर पूर्वमा उनको गाउँ छ ।

    हप्तामा २ पटकसम्म गाउँ पुग्ने वीरेन्द्र पत्रकारितामा आएको १ दशक पुग्नै लाग्यो । काठमाडौंका ‘मेन स्ट्रिम’का मिडियामा काम गरे पनि उनले आफ्ना लागि न घर बनाउन सकेका छन्, न एउटा मोटरसाइकल जोड्न सकेका छन् ।

    उनी भन्छन्, ‘तलब पारिश्रमिक सबै सोसल काममा सकिन्छ । नेविसंघको राजनीतिबाट कांग्रेसको राजनीतिमा आएका साह नेपाल पत्रकार महासंघ मोरङका निर्वाचित जिल्ला सदस्य हुन् ।’

    पत्रकारले राजनीति गर्नुहुन्न भन्ने साहलाई थाहा छ । उनले भने, ‘एउटा पत्रकार विचार विनाको हुँदैन । कोही कांग्रेस हुन्छ, कोही कम्युनिस्ट, कोही अरु कुनै दल वा आस्थासँग नजिक हुन्छ । पत्रकारले समाचार लेख्दा पार्टीको आस्थासँग जोडिनु हुँदैन । आस्थालाई अलि पर राखेर ल्यापटप खोल्नुपर्छ ।’

    उनले आफ्नो पत्रकारिता आजका मितिसम्म निष्पक्ष भएको दाबी गरेका छन् ।

    साहले आफैं अध्यक्ष भएर हिपमत मिडिया प्रालि सञ्चालन गरेका छन् । विराटनगरमा कार्यालय रहेको मिडियामा ६ जना श्रमजीवी कार्यरत छन् । सानो कदका भए पनि वीरेन्द्रको सामाजिक उचाइ कुनै प्रतिष्ठित व्यक्तिको भन्दा कम छैन । उनी भन्छन्, ‘मोरङ कांग्रेसको जिल्ला सदस्यमा जिताउनुभएकोमा धन्यवाद दिन चाहन्छु ।’

    पैसा र पावरले पार्टी सञ्चालन गर्नेविरुद्ध आफ्नो उम्मेदवारी भएको दाबी गर्दै उनले निष्ठाको राजनीतिलाई संस्थागत गर्न उम्मेदवार बनेको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend