काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शुक्रवार ६ वटा प्रदेशमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ ।
शुक्रवारै उम्मेदवारी दर्ता, उजुरी आह्वान र मनोनयन फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको काम सम्पन्न भइसकेको छ ।
जसअनुसार कांग्रेसको प्रदेश १ कार्यसमितिका लागि उद्धव थापा र गुरुराज घिमिरे प्यानलसहित मैदानमा उत्रिएका छन् । थापा संस्थापन शेरबहादुर देउवा र घिमिरे पौडेल–कोइराला समूहबाट उठेका हुन् ।
प्रदेश सदस्यमा ओखलढुंगाका लोकप्रिय युवा नेता अनुपम सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् । उनले खसआर्यतर्फबाट उम्मेदवारी दिएका हुन् ।
नेविसंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका सापकोटाले प्रदेश महाधिवेशन प्रतिनिधिमा दोस्रो मत ल्याएका थिए । कुशल संगठनकर्ताका रूपमा उनी चर्चित छन् ।
उम्मेदवारी दर्ता गरेपछि सापकोटाले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।