शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसका कति छन् क्रियाशील सदस्य ? हेर्नुहोस् सबै प्रदेशको विवरण

कांग्रेसका कति छन् क्रियाशील सदस्य ? हेर्नुहोस् सबै प्रदेशको विवरण

  • मिडिया डबली
  • बिहिवार, मंसिर १६ २०७८

  • 3.5K
    SHARES

  • कांग्रेसका कति छन् क्रियाशील सदस्य ? हेर्नुहोस् सबै प्रदेशको विवरण

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअघि नविकरण भएका र नयाँ थपिएका गरी साढे ८ लाख क्रियाशील सदस्य रहेका छन् । 

    बिहीवार नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रचारप्रसार विभागले आयोजना गरेको कार्यक्रममा पार्टी प्रवक्ता तथा प्रचारप्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माले यसपालिको महाधिवेशनका लागि ८ लाख ४० हजार १०६ जना क्रियाशील सदस्य रहेका जानकारी दिए ।

    विभिन्न २०७ स्थानबाट क्रियाशील सदस्यता दर्ता गरिएको शर्माले बताए । तीमध्ये सबैभन्दा धेरै क्रियाशील सदस्य बागमती प्रदेशका रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन् ।

    १ नम्बर प्रदेशमा १ लाख ७४ हजार ८१३ जना क्रियाशील सदस्य छन् । १ नम्बर प्रदेशमा १ लाख ९९९, बागमती प्रदेशमा १ लाख ८५ हजार ३३५, गण्डकी प्रदेशमा १ लाख १८ हजार १४५ क्रियाशील सदस्य छन् ।

    लुम्बिनी प्रदेशमा १ लाख ३१ हजार ११७, कर्णाली प्रदेशबाट ५३ हजार ५९६ तथा सुदूरपश्चिम प्रदेशमा ७५ हजार १०१ क्रियाशील सदस्य रहेका जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend