काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीबार उद्घाटन गरिएका प्रदेश अधिवेशनमा बागमती प्रदेशमा जगदिश्वर नरसिंह केसीको प्यानल घोषणा गरिएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार केसीले बिहीबार साँझ हेटौंडामा प्रदेश निर्वाचनका लागि प्यानलको घोषणा गरेका छन् ।
केसी नेतृत्वको प्यानलमा उपसभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी तथा महामन्त्रीमा माइकल रामचन्द्र अर्याल र कञ्चन चन्द्र बादे छन् ।
प्यानलको सहमहामन्त्री पदका उम्मेदवारको टुंगो नलागेको र सहमतिको प्रयास अन्तिम चरणमा रहेको बताइएको छ ।
प्यानल घोषणा कार्यक्रममा सभापतिका उम्मेदवार केसीले आफ्नो टीमलाई प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, रामशरण महत, गगनकुमार थापा लगायतका नेतृत्व पंक्तिको साथ रहेको बताए । कांग्रेस बागमती प्रदेश अधिवेशनअन्तर्गत शुक्रबार मनोनयन दर्ताको कार्यतालिका रहेको छ भने शनिबार मतदानको कार्यतालिका रहेको जनाइएको छ ।
बागमती प्रदेशको प्रथम अधिवेशनमा २ हजार १०० प्रतिनिधिले मतदान गर्ने भएका छन् । अधिवेशन हेटौंडा–१० वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।