काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीबार उद्घाटन भएको प्रदेशसभा अधिवेशनका लागि युवा नेता प्रचण्ड न्यौपाने ‘गुण्टु’ले लुम्बिनी प्रदेश कार्यसमिति सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवार न्यौपानेले सदस्यमा आफूलाई मतदान गरेर विजयी बनाउन महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य र सांसदहरुलाई आग्रह गरेका छन् ।
प्रचण्डले लुम्बिनी प्रदेश कार्यसमितिमा युवाहरुको प्रतिनिधित्व हुनुपर्ने माग राखेका छन् ।
युवाहरुको मागलाई सम्बोधन गर्न आफ्नो उम्मेदवारी हुने न्यौपानेले बताएका छन् ।
नेविसंघका पूर्व सहमहामन्त्री समेत रहेका न्यौपानेले विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा प्रवेश गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।