शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसमा यी १६ नेतालाई नयाँ जिम्मेवारी (नामसहित)

कांग्रेसमा यी १६ नेतालाई नयाँ जिम्मेवारी (नामसहित)

  • मिडिया डबली
  • बुधवार, मंसिर १५ २०७८

  • 6.1K
    SHARES

  • कांग्रेसमा यी १६ नेतालाई नयाँ जिम्मेवारी (नामसहित)

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको कार्यविभाजन अन्तर्गत महाधिवेशनमा आउने स्वदेशी तथा विदेशी पाहुनाको स्वागत तथा व्यवस्थापनका लागि गठन गरेको समितिमा १६ नेतालाई नयाँ जिम्मेवारी दिएको छ ।

    कांग्रेस केन्द्रीय कार्यसमितिको कात्तिक २८ गतेको बैठकले गठन गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा रहेको ‘१४औं महाधिवेशन स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति’लाई पूर्णता दिइएको छ ।

    नेताहरूलाई नयाँ जिम्मेवारी दिँदै समितिलाई पूर्णता दिइएको सचिव प्रकाश शर्माले बताए । समितिमा १६ जना नेतालाई सदस्यको जिम्मेवारी मिलेको छ ।

    समितिको सदस्यमा पार्टीका केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, अम्बिका बस्नेत, मीन विश्वकर्मा, चिनकाजी श्रेष्ठ, डिला संग्रौला, आमन्त्रित केन्द्रीय सदस्यद्वय बालकृष्ण पाण्डे र आनन्द विष्ट समेत सदस्यमा तोकिएका छन् ।

    समितिका अन्य सदस्यमा सांसद दिव्यमणि राजभण्डारी, संविधानसभा सदस्य राजीवविक्रम शाह, प्रभू बुढाथोकी, दिनेश भट्टराई, सुशील नाहटा, दिपक महत, यांकिला शेर्पा, आङछिरिङ शेर्पा र रामशरण थपलिया रहेका छन् ।

    हेर्नुहोस् विज्ञप्ति – 

    nc.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend