काठमाडौं - नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा ललितपुरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । अहिलेसम्म तीन नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेमा तरुण दलका अध्यक्ष जितजंग बस्नेत, कांग्रेस ललितपुरका निवर्तमान सभापति मदन अमात्य तथा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा छन् ।
राणाले १३औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । तर, थोरै मतले उनी पराजित भएका थिए । बस्नेत र अमात्यले पहिलोपल्ट केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका हुन् ।
काठमाडौंसँगै जोडिएको जिल्ला भएर पनि ललितपुरबाट ओमकारप्रसाद श्रेष्ठबाहेक कांग्रेस केन्द्रीय समितिमा अहिलेसम्म अरु अटाएका छैनन् । यसपटक भने तरुण दलका वर्तमान अध्यक्ष बस्नेत, तरुण दलका पूर्वअध्यक्ष राणा र कांग्रेस ललितपुरका निवर्तमान सभापति अमात्य कांग्रेस केन्द्रीय कमिटीमा आउने प्रयासमा छन् । केन्द्रमा तीनै नेता पार्टी सभापति शेरबहादुर देउवा निकट छन् ।
कांग्रेसको १३औं महाधिवेशनमा ललितपुरबाटै नेता रामकृष्ण चित्रकारले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । तर, उनी विजयी हुन सकेनन् । चित्रकार नेविसंघका पूर्वमहामन्त्री पनि हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।