शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस चुनावमा १ मतले हारेपछि ...

कांग्रेस चुनावमा १ मतले हारेपछि ...

  • मिडिया डबली
  • बुधवार, मंसिर १५ २०७८

  • 6.1K
    SHARES

  • कांग्रेस चुनावमा १ मतले हारेपछि ...

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुनसरी जिल्ला कार्यसमितिको उपसभापति पदका उम्मेदवार गफार अन्सारी मियाँ र सचिवका उम्मेदवार रञ्जेश भट्टराईले पुनः मतगणना हुनुपर्ने माग गर्दै निर्वाचन कार्यालय इनरुवामा निवेदन दिएका छन् ।

    जिल्ला उपसभापति पदका उम्मेदवार अन्सारी र सचिवका उम्मेदवार भट्टराईले मतगणनामा धाँधली भएको भन्दै निवेदन दिएका छन् । 

    संस्थापन पक्षबाट उम्मेदवार रहेका अन्सारीले १ हजार २९७ मत प्राप्त गरेका हुन् भने विजयी हुने संस्थापनइतर प्यानलका पंकजकुमार महतोले १ हजार ३१३ मत पाएका हुन् । १६ मतान्तरले पराजित बनेका अन्सारीले धाँधली रुपमा मतगणना भएको भन्दै पुनः गणना गर्न माग गरेका छन् ।

    सचिव पदमा १ मतले पराजित भट्टराईले आफ्नो पक्ष बलियो हुँदाहुँदै पनि लापरबाही तरिकाले मतगणना गरिएको आरोप लगाउँदै निवेदन दिएका छन् । सचिव पदमा संस्थापन इतर प्यानलका माधवबहादुर घिसिङले १ हजार २२९ मत पाएर निर्वाचित भएका थिए । संस्थापन प्यानलका सचिव पदका उम्मेदवार भट्टराईले १ हजार २२८ मत ल्याएर हारेका थिए ।

    निर्वाचन कार्यालयमा निवेदन आएपछि जिल्ला निर्वाचन समितिले मतगणना स्थगित गरेको छ । सहायक जिल्ला निर्वाचन अधिकृत वेनु सिग्देलले सहमति नहुञ्जेल मतगणना स्थगित गरिएको बताएका छन् । उनले २ समूहका उम्मेदवार, जिल्ला नेताको सर्वपक्षीय छलफलबाट निष्कर्ष निकालिने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend