काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनबाट सोलुखुम्बुको जिल्ला कार्यसमिति सभापति पदमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् ।
मंगलवार सल्लेरीमा भएको निर्वाचनमा निवर्तमान जिल्ला सभापति विनोदकुमार बस्नेतलाई १४२ मतान्तरले हराउँदै शेर्पा निर्वाचित भएका छन् ।
चुनावमा खसेको कूल ८९५ मतमध्ये शेर्पाले ५१३ मत पाउँदा प्रतिस्पर्धी बस्नेतले ३७१ मत मात्रै पाएका निर्वाचन अधिकृत कैलाश गुरुङले बताए । खसेको मतमध्ये ११ मत बदर भएको थियो ।
पार्टीको १४औं जिल्ला अधिवेशनअन्तर्गत मंसिर २ गते भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा दोस्रो पटक निर्वाचन भएको थियो ।
पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवारहरू विनोदकुमार बस्नेतले ४२८ मत, नाम्गेल जाङबु शेर्पाले ४१८ मत र रामबहादुर बस्नेतले ५ मत पाएका थिए तर पार्टीको विधान अनुसार ५१ प्रतिशत मत कुनै पनि उम्मेदवारले प्राप्त गर्न नसक्दा दोस्रो चरणको निर्वाचन भएको हो ।
पहिलो चरणमा सबैभन्दा कम मत प्राप्त गरेका रामबहादुर बस्नेत स्वतः बाहिरिएपछि दोस्रो चरणको निर्वाचनमा नाम्गेल जाङबु शेर्पा र विनोदकुमार बस्नेतबीच प्रतिस्पर्धा भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।