शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

नेपाल प्रहरीमा यी ३ पद थप्ने देउवा सरकारको निर्णय, अब हल्वदार र सईमा ‘वरिष्ठ’

नेपाल प्रहरीमा यी ३ पद थप्ने देउवा सरकारको निर्णय, अब हल्वदार र सईमा ‘वरिष्ठ’

  • मिडिया डबली
  • मंगलवार, मंसिर १४ २०७८

  • 3.9K
    SHARES

  • नेपाल प्रहरीमा यी ३ पद थप्ने देउवा सरकारको निर्णय, अब हल्वदार र सईमा ‘वरिष्ठ’

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल प्रहरीमा ३ वटा पद थप्ने निर्णय गरेको छ ।

    सरकारले तल्लो दर्जामा काम गर्ने कर्मचारीको मनोबल वृद्धिका लागि भन्दै वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थप्ने निर्णय गरेको छ ।

    सोमवार बसेको मन्त्रिपरिषद् बैठकले ३ वटा पद थप गर्ने गृह मन्त्रालयको प्रस्तावलाई स्वीकृत गर्दै प्रहरी नियमावली संशोधन गरेको छ । स्वीकृत भएको नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने जनाइएको छ ।

    यससँगै प्रहरी नायव निरीक्षक (सई) र प्रहरी निरीक्षकको बीचमा वरिष्ठ सई तथा जवान र प्रहरी सहायक निरीक्षक (असई) को बीचमा सहायक हवल्दार र वरिष्ठ हवल्दार पद लागू हुने भएको छ ।

    प्रहरीमा सईबाट निरीक्षक तथा जवानबाट हवल्दारमा बढुवा हुन लामो समय लाग्ने भएकाले त्यसको बीचमा पदहरू थपिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend