काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४औं महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ ।
सोमवार बसेको समितिको बैठकले नयाँ निर्वाचन कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको छ ।
कार्यतालिकाअनुसार प्रदेश अधिवेशन मंसिर १६ गतेदेखि सुरू हुने भएको छ । केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि सुरू हुने कार्यतालिकामा उल्लेख छ ।
कार्यतालिकाअनुसार मंसिर २४ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन गरिने छ । उम्मेदवारले २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न सक्ने भएका छन् ।
मंसिर २६ गते दिउँसो ३ बजेदेखि १ घण्टाभित्रमा उम्मेदवारले मनोनयन फिर्ता लिनुपर्ने कार्यतालिका रहेको छ । मंसिर २७ गते बिहान ८ बजेबाट मतदान सुरू हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।