शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसको अधिवेशनमा बबाल : प्रहरीद्वारा अश्रृग्यास प्रहार, मतदान अधिकृत गम्भीर घाइते

कांग्रेसको अधिवेशनमा बबाल : प्रहरीद्वारा अश्रृग्यास प्रहार, मतदान अधिकृत गम्भीर घाइते

  • मिडिया डबली
  • सोमवार, मंसिर १३ २०७८

  • 2.6K
    SHARES

  • कांग्रेसको अधिवेशनमा बबाल : प्रहरीद्वारा अश्रृग्यास प्रहार, मतदान अधिकृत गम्भीर घाइते

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सर्लाही जिल्लाको बलरा नगरपालिकास्थित गडहियामा भइरहेको अधिवेशनमा बबाल मच्चिएको छ ।

    केही नेता कार्यकर्ताले मतदान अधिकृतलाई नियन्त्रणमा लिन खोज्दा झडपको स्थिति उत्पन्न भएको छ ।

    झडपलाई नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी माधवप्रसाद बुढाथोकीले बताए ।

    घटनामा ३ सुरक्षाकर्मी, १ जना मतदान अधिकृत र १ कांग्रेस कार्यकर्ता घाइते भएका प्रहरी प्रवक्ता डीएसपी बुडाथोकीले जानकारी दिए ।

    घाइते हुनेमा प्रहरी निरीक्षक सुरेश ठाकुरसहित अन्य २ जना सुरक्षाकर्मी रहेका छन् ।

    झडपमै बलरा नगरपालिका–८ अचलगडमा मतदान अधिकृतको रूपमा खटिएका उमेशचन्द्र झा र अर्का एक जना नाम ठेगाना नखुलेका कांग्रेस कार्यकर्ता रहेका प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये मतदान अधिकृतको झाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

    कांग्रेस नेता प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पक्षका कार्यकर्ताले मतदान अधिकृतलाई वडा सभापतिको घर लैजान खोजेपछि झडप भएको प्रहरीको दाबी छ । प्रहरीले आईतबार अधिवेशन प्रक्रिया सुरू भएको स्थानमा मतदान गराउने प्रयास गरेपनि विवाद भएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend