सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

आफैंलाई अध्यक्षमा निर्विरोध गरेका ओलीलाई रावलले घिसारेर ल्याए चुनावी मैदानमा

आफैंलाई अध्यक्षमा निर्विरोध गरेका ओलीलाई रावलले घिसारेर ल्याए चुनावी मैदानमा

  • मिडिया डबली
  • सोमवार, मंसिर १३ २०७८

  • 7.4K
    SHARES

  • आफैंलाई अध्यक्षमा निर्विरोध गरेका ओलीलाई रावलले घिसारेर ल्याए चुनावी मैदानमा

    काठमाडौं - चुनावमा जीतहार सामान्य हो । चुनावसँग कॉप्ने नेता हुनै सक्दैनन् । तर एमालेमा चुनावमा जान छाडेर भाग्ने नेताहरूलाई भीम रावल र घनश्याम भुसालले घिसारेर चुनावी मैदानमा ल्याइदिएका छन् ।

    केपी ओली एमालेका अध्यक्षका साथै महाधिवेशन सञ्चालन गर्ने अध्यक्षमण्डलका संयोजक पनि हुन् । उनले आफैंलाई अध्यक्षमा सर्वसम्मत गर्न मिल्दैनथ्यो ।

    तर, महाधिवेशनमा ९० प्रतिशतभन्दा बढी प्रतिनिधि छनोट गरेर ओली चितवनको नारायणी नदी किनार पुगेका थिए । महाधिवेशन उदघाटन भाषणमा उनले आइतबार राति सर्वसम्मत एमाले केन्द्रीय कमिटी घोषणा गरेर महाधिवेशन सक्ने उनले बताएका थिए ।

    आफैंले आफैंलाई अध्यक्ष घोषणा गरेर भाग्न खोजेका ओलीलाई रावलले कडा चुनौती दिए । बरु एक मत आए पनि पराजित हुन तयार छु, तर चुनावी मैदानबाट भाग्न मिल्दैन भन्ने सन्देश रावल र भुसालले जुन दिएका छन्, वास्तवमा उनीहरूले आफूलाई परिपक्व नेता सावित गरेका छन् ।

    चुनावमा पराजित हुँदैमा नेताको राजनीति सकिँदैन । अर्को अवसर आउँछ । रावल र भुसालले वास्तवमै राजनीति गरेका हुन्, जसको अगाडि आफूलाई शक्तिशाली ठान्ने ओलीसमेत झुक्नु परेको विश्लेषण हुन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend