काठमाडौँ- एमालेले आफूलाई लोकतन्त्रको ठूलै ठेकेदार ठान्छ । अझ अध्यक्ष केपी ओलीको मुखमा लोकतन्त्र र समाजवादको सुन्दर शब्द जतिबेला पनि निस्किरहन्छ ।
तिनै ओलीका कार्यकर्ता भने महाधिवेशनमा आफ्नो पक्षका नेतालाई भोट माग्नेलाई लखेट्छन् । एमालेको १०औं महाधिवेशनको दृश्य हो यो ।
अहिले अध्यक्षमा दाबी गरिरहेका भीम रावललाई भोट माग्न प्रतिबन्ध लगाइएको छ । ओलीले सर्वसम्मत भन्दै आफैंलाई अध्यक्ष बनाउन दबाब दिइरहेका छन् ।
जसले गर्दा दुई दिनदेखि बन्दसत्र अलपत्र बनेको छ । महाधिवेशन प्रतिनिधि बन्दी बनेका छन् । रावल र घनश्याम भुसालले निर्वाचनबाटै नेतृत्व टुंग्याउन माग गर्दा ओली पक्षले चुनाव हुन नदिनु भनेको एमाले अब बिस्तारै निरंकुश बन्दै जान लागेको स्पष्ट हुन्छ ।
हिजो माओवादीलाई तानाशाही भनेर नथाक्ने एमाले अहिले आफैं भोट माग्नेलाई लखेट्दै निरंकुश प्रवृत्ति देखाइरहेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।