शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसको चुनावमा १९ वर्षमै यी युवतीले बनाइन् ‘रेकर्ड’

कांग्रेसको चुनावमा १९ वर्षमै यी युवतीले बनाइन् ‘रेकर्ड’

  • मिडिया डबली
  • आइतवार, मंसिर १२ २०७८

  • 6.0K
    SHARES

  • कांग्रेसको चुनावमा १९ वर्षमै यी युवतीले बनाइन् ‘रेकर्ड’

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भइरहेका अधिवेशनमा युवाको आकर्षण बढेका खबर आइरहेका छन् । यसैबीच पाँचथर जिल्लाको अधिवेशनबाट १९ वर्षीया युवती भावना रिजालले प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएर रेकर्ड बनाएकी छन् ।

    जिल्लाको हिलिहाङ–६ भारपाकी भावना रिजालले कांग्रेसले प्रदेश प्रतिनिधि चयन भएर कान्छी प्रतिनिधिको रेकर्ड बनाएकी छन् ।

    कांग्रेसको क्रियाशील सदस्यता पाएर वडाबाट प्रतिनिधि भएकी उनलाई प्रदेशसभा क्षेत्रीय अधिवेशनले बहुमतसहित प्रदेश अधिवेशनका लागि प्रतिनिधि पठाएको छ ।

    पाँचथर बहुमुखी क्याम्पसमा बीएड दोस्रो वर्षमा अध्ययनरत उनी यसअघि पाँचथर क्याम्पसकै बीएड प्रथम वर्ष संकायको सहसचिव भएकी थिइन् ।

    निर्वाचित भएपछि उनले भनिन्, ‘युवा पुस्तालाई पार्टीले विश्वास गरेर दिएको जिम्वेवारी पूरा गर्न सदैव लाग्नेछु, महिला र युवाको प्रतिनिधित्व पार्टीभित्र सुनिश्चित गर्ने, युवाको जोश र पुरानाको अनुभवलाई संयोजन गर्दै पार्टी संघठनलाई सुदृढ बनाएर तीनै तहका निर्वाचनमा कांग्रेसलाई पहिलो बनाउनु हाम्रो दायित्व रहेको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend