शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

सभापति पदमा देउवा पक्षीय उम्मेदवार १ भोटले विजयी

सभापति पदमा देउवा पक्षीय उम्मेदवार १ भोटले विजयी

  • मिडिया डबली
  • आइतवार, मंसिर १२ २०७८

  • 12.0K
    SHARES

  • सभापति पदमा देउवा पक्षीय उम्मेदवार १ भोटले विजयी

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सिन्धुली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा भएको निर्वाचनमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार कुमार ढकाल १ मतले विजयी भएका छन् ।

    निर्वाचित ढकालले ३६२ मत ल्याएका छन् भने अर्का प्रतिस्पर्धी कपिल कोइरालाको ३६१ मत पाएका छन् ।

    मतगणना हुँदा ११ मत फरक बाकसमा परेपछि धाँधली भएको भन्दै ३ दिन अघिदेखि मतगणना रोकिँदा नतिजा घोषणामा ढिलाइ भएको थियो । कांग्रेस जिल्ला कार्यसमिति र विजयी उम्मेदवारको रोहबरमा निर्वाचन समितिले शनिवार गणना हुन बाँकी रहेको ११ मतमा ढकालको ४ र कोइरालाको ६ मत रहेको र एक मत खाली रहेको पाएको छ ।

    मुचुल्का उठाएर लाहाछाप गरी सुरक्षित राखिएको मतपत्र गणना हुँदा १ मतले ढकाल विजयी भएका मतदान अधिकृत मनोज शाहले बताएका छन् । विजयी ढकालले धाँधली भएको भन्दै मतगणना बहिष्कार गर्दै आएका थिए ।

    मतपरिणामको अन्तिम नतिजा सार्वजनिक भएपछि विजयी भएका ढकालले लोकतन्त्रमा मतको कदर भएको प्रतिक्रिया दिएका छन् । सिन्धुलीका २ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा देउवा पक्षीय उम्मेदवार नै विजयी भएका छन् ।

    निर्वाचन क्षेत्र नम्बर १ मा देउवा पक्षीय उम्मेदवार कर्णबहादुर थापामगर क्षेत्रीय सभापति पदमा विजयी भएका हुन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend