काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ललितपुर जिल्लामा भएको अधिवेशनको मतगणना सकिएको छ ।
तर सभापति पदमा कसैले पनि ५१ प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि फाइनल हुन सकेन । अब पहिलो र दोस्रो भएका उम्मेदवारबीच दोस्रो चरणको चुनाव हुने भएको छ ।
आज शनिवार भएको निर्वाचनमा सभापतिका ३ उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आईतवार दोस्रो चरणको मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ ।
सभापति पदमा १ हजार ३२२ जनाले मतदान गरेकोमा रामकृष्ण चित्रकारले ५०४, जितेन्द्रकुमार श्रेष्ठले ४७१ र मीनकृष्ण महर्जनले ३३६ मत पाएका छन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
भोलि आईतवार सभापतिमा चित्रकार र श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो चरणको मतदानमा सभापति पदका उम्मेदवार चित्रकारलाई समर्थन गर्ने महर्जनले मिडियाडबलीलाई जानकारी दिए ।
कार्यसमितिमा संयुक्त प्यानल घोषणा गरेका दुबैबीच दोस्रो चरणमा बढी मत ल्याउने उम्मेदवारलाई सहयोग गर्ने समझदारी बनेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।